June 17th, 2019

जनउत्थानको नयाँ शाखा नवलपरासीको बुलिङ्गटारमा

बैंकिङ खबर । जन उत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले गण्डकी प्रदेशको नवलपरासी जिल्ला बुलिङ्गटार गाउँपालिका वडा नं. ३ मा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखा संस्थाका अध्यक्ष बावुराम विश्वकर्मा र बुलिङ्गटार गाउपालिकाकी उपाध्यक्ष मैना विश्वकर्माले संयुक्त रुपमा दियो प्रज्वलन गरी उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै उपाध्यक्ष मैना विश्वकर्माले महिला दिदि बहिनीहरु संस्थामा आबद्ध भई स–सानो रकमलाई बचत गर्ने बानीको विकास गर्दै आवश्यकता अनुसार संस्थाको नियम अनुसार कर्जा उपभोग गरि आफ्नो आयआर्ज बृद्धि गर्नका लागि उत्पादन मूलक क्षेत्रमा लगानी गर्न आग्रह गरिन ।

संस्थाले पूर्वको पर्सा देखि पश्चिमको कञ्चनपुर सम्मका ११ वटा, तराईका जिल्ला र ८ वटा पहाडी जिल्ला गरी जम्मा १९ वटा जिल्लामा ३९ वटा शाखा कार्यालय मार्फत आफ्नो सेवा विस्तार गरेको छ । हाल संस्थामा करिब ३७,००० जना आर्थिक रुपले विपन्न तथा वित्तीय पहुँचबाट वञ्चित समुह सदस्यहरु आवद्ध रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेलले जानकारी गराए ।

शाखा कार्यालयको औपचारिक समुद्घाटन समारोह तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा संस्थाका संचालक समितिका अध्यक्ष बावुराम विश्वकर्माले संस्था जनताको घर दैलोमा आईपुगेको बताउदै, संस्थामा आवद्ध भई संस्था मार्फत लघुवित्त सेवा उपभोग गर्न सवैलाई आग्रह गरे ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]