June 17th, 2019

ग्लोबल आइएमई लघुवित्तको बजेट तर्जूमा गोष्ठी सम्पन्न

बैंकिङ खबर । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्ंथाले आ. व. २०७६।७७ को लागि बजेट तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । जेठ २६ र २७ गते प्रदेश नं. ३ र ४ का २२ वटा शाखाहरु, जेठ २८ र २९ गते प्रदेश नं. १ र २ का १७ वटा शाखाहरु र ३० र ३१ गते प्रदेश नं.५, ६ र ७ का २१ वटा शाखाहरु सहित ७ प्रदेशका गरि कुल ६० जना शाखा इन्चार्जहरुको सहभागिता रहेको वजेट तर्जुमा गोष्ठी सम्पन्न भएको हो ।

कार्यक्रमको समापन गर्दै प्रमुख कार्यकारी अधिकृत किरण कुँवरले संस्थाको कार्यक्रमलाई थप गुणस्तर बनाउँदै नेपालको लघुवित्तीय संस्थाहरु मध्ये नमुना लघुवित्त संस्था बनाउने अभियानमा जुट्न सबै शाखाहरुलाई अनुरोध गरे ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]