June 17th, 2019

उन्नति माइक्रोफाइनान्सको बजेट तर्जुमा गोष्ठी सम्पन्न

बैंकिङ खबर । उन्नत्ति माईक्रोफाईनान्स वित्तीय संस्थाले कार्यक्रम समीक्षा तथा बजेट तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । ३९ जना शाखा प्रमुख तथा केन्द्रीय कार्यालयका कर्मचारीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठकले घरको सम्पतिबाट कर्जा असुल्न नहुने बताए । उनले शाखाले लिएको लक्ष्य समयमा नै पूरा गनृ शाखा प्रमुखहरुलाई निर्देशन समेत दिए ।

आन्तरिक लेखापरिक्षण विभागको विभागीय प्रमुख हरिहर गौतमले आन्तरिक लेखापरीक्षणमा देखिएका कैफियत को बारेमा छलफल तथा सुधार गर्न सुझाव दिए । काम गर्दा स्पष्ट रुपमा गर्नुपर्ने र आफुलाई थाहा नभएको खण्ड सम्बधित विभागमा बुझेर कार्यसम्पादन गर्नुपर्ने उनको भनाई थियो ।

संस्थाका जनशक्ति तथा प्रशासन विभाग प्रमुख लाल बहादुर रावलले शाखामा भएका कर्मचारी लगनशील, इमानन्दार र परिणाममुखी हुनुपर्ने बताए । सदस्यहरुको सशक्तिकरणका साथै सामाजिक र आर्थिक सवलिकरणको लागि पनि संस्थाले काम गर्दै जाने उनले बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]