मंगलबार नेपाल स्टक एक्सचेन्जमा २ अर्बमाथिको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय ३४ वटा कम्पनिको ३७ लाख ५१ हजार ६ सय ३५ कित्ता शेयर ७ हजार ६५ पटक खरिदविक्रि हुँदा २ अर्ब १९ करोड ७८ लाख ५९ हजार ८ सय ५९ रुपैँयाको कारोबार भएको हो । कारोबार रकम आजसम्मकै उच्च हो ।
नेपाल लाइफ इनस्योरेन्सको प्रामोटर शेयरको मात्रै ४९ करोडमाथिको शेयर कारोबार भएको छ । एनबी बैंक र रुरल माइक्रोफाइनान्सको क्रमशः १४ करोड र १३ करोडमाथिको शेयर कारोबार भएको छ । स्टान्डर्ड चार्टर्ड बैंकको पौने ८ करोडको कारोबार हुँदा एभरेष्ट बैंकको पौने ६ करोडको कारोबार भएको छ । फस्र्ट माइक्रोफाइनान्स र साना किसान विकास बैंकको ५ करोडमाथिको शेयर कारोबार भएको छ भने शिखर इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स लगायतको ४ करोडमाथिको शेयर कारोबार भएको छ ।
भर्गव विकास बैंक, बोट्लर्स नेपाल र विजय लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले सम्पत्ति बढाउँदा बुटवल पावर कम्पनि, आइएलएफसीओ माइक्रोफाइनान्स, सगरमाथा फाइनान्स, ओम डेभलपमेन्ट बैंक, सगरमाथा इन्स्योरेन्स, देवः विकास बैंक र महिला सहयात्रा विकास बैंकले साढे क्रमशः ९.९६, ९.९५, ९.८३, ९.८२, ९.७८, ९.७७ र ९.५२ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । गुमाउनेमा एभरेष्ट बैंक(सीपी), नेपाल ग्रामीण विकास बैंक, नेरुड लघुवित्त लगायत छन् ।
नेप्से परिसूचक ४.५६ अंकले बढेर १६१४.१५ अंकको नयाँ विन्दुमा पुगेको छ । वाणिज्य बैंक र अन्यबाहेक मंगलबार कारोबार भएका समै समूह बढेका छन् । सबैभन्दा धेरै बिमा समूह ११२.५३ अंकले बढेको छ । होटल, जलविद्युत् र उत्पादनमूहक क्रमशः ५९.१८, ५६.३७ र ४२.३१ अंकले बढेका छन् । विकास बैंक १४.४६ अंकले बढेको छ भने फाइनान्स ३ अंकले बढेको छ । वाणिज्य बैंक र अन्य क्रमशः ६.२२ र ३.५२ अंकले बढेका छन् ।
