June 16th, 2019

जनउत्थान सामुदायिक लघुवित्तका फिल्ड कर्मचारीलाई प्रभावकारी जोखिम व्यवस्थापन तालिम

बैंकिङ खबर । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले १८ शाखाका ५५ जना फिल्ड कर्मचारीलाई प्रभावकारी जोखिम व्यवस्थापन तालिम प्रदान गरेको छ । संस्थाका वरिष्ठ अधिकृत बसन्त पचभैयाको अध्यक्षतामा बाँकेको कोहलपूरमा तालिम प्रदान गरिएको हो ।

संस्थाको संक्षिप्त प्रगति विवरण प्रस्तुत गर्दै संस्थाका बरिष्ठ अधिकृत पचभैयाले यस तालिमले कर्मचारीहरुको क्षमतामा अभिवृद्धि हुने, सिकेका कुरा व्यावहारमा लागु हुने र संस्था भित्र देखिने हरेक किसिमका जोखिमहरु न्यूनिकरण हुने विश्वास व्यक्त गरे ।

लघुवित्त सञ्चालन प्रक्रिया, समुह तथा बैंकिङ्ग समुदाय व्यवस्थापन, कर्जा विश्लेषण तथा कर्जा सदुपयोगिता व्यवस्थापन, भाखा नाघेका कर्जाहरुको व्यवस्थापन, फिल्ड कर्मचारीहरुको भूमिका तथा दायित्व, कर्मचारी उत्प्रेरणा तथा ग्राहक संरक्षण सिद्धान्त, जोखिम तथा कैफियतहरुको व्यवस्थापन लगाएतका विषयहरुमा संस्थाका विभिन्न विभागमा विभागीय जिम्मेवारीमा रही कार्यरत कर्मचारीहरु बसन्त पचभैया, भरत कुमार रसाली, सन्तोष रसाइली तथा कोहलपुर बेसका अनुगमन अधिकृत रमेश क्षेत्रीले प्रशिक्षण गरेका थिए ।

संस्थाको हाल १९ जिल्ला कार्य क्षेत्र रहेको र ३९ वटा शाखा कार्यालय मार्फत करिव ३७ हजार समुह सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]