June 12th, 2019

स्वदेशी लघुवित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्थाको मोरङस्थित कर्सियाशाखाले वित्तीय साक्षरता सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । शारदा माविको कक्षा १०मा अ्रध्ययनरत ५० जना विद्यार्थीहरुको सहभागितामा सम्पन्न कार्यक्रममा लघुवित्त संस्थाले प्रदान गर्ने सेवा सुविधाको साथै वित्तीय साक्षरताको अर्थ, आवश्यकता र महत्व, नोटको जतन , पैसालाई कसरी सदुपयोग गर्ने, आम्दानी, खर्च, बचत, कर्जा, बैंकको प्रकार, बिमा, विप्रेषण सेवा, बजेट, वित्तीय अनुशासन आदिको बारेमा छलफल र भिडियो प्रर्दशनी मार्फत जानकारी गराईएको थियो ।

कार्यक्रममा बोल्दै स्कुलका प्रध्यानाधापकले यस्ता कार्यक्रमहरुले विद्यार्थीलाई सचेत गराई महत्वपुर्ण ज्ञान प्रदान गर्न मदत पुर्याएको भन्दै यस्ता कार्यक्रम आगामि दिनमा निरन्तर गर्न आवश्कता भएको बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]