June 12th, 2019

धादिङका महिलालाई निर्धन संस्थाले दियो साबुन बनाउने तालिम

बैंकिङ खबर । निर्धन संस्थाले धादिङमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका स्वावलम्बी समूहका ६२ जना विपन्न महिलाहरुलाई साबुन बनाउने तालिम प्रदान गरेको छ । तालिममा सहभागीहरुले लुगाधुने साबुन र झोल साबुन बनाउने सीप सिक्नुका साथै बजारीकरण सिद्घान्तका बारेमा पनि ज्ञान हासिल गरेका छन् ।

गल्छी गाउँपालिकाका प्रशासकीय अधिकृत दान बहादुर ए.डि.ले प्रशिक्षार्थीलाई तालिममा हासिल गरेको सिपलाई व्यवहारमा उतारी लघुउद्यमी बन्न शुभकामना दिए । लघु उद्यम दर्ता गर्न गाउँपालिकाको तर्फबाट दिनुपर्ने प्रशासन सम्बन्धी प्रकृयामा सहजीकरण गरिदिने उनले बताए ।

सहभागी महिलाहरुले तालिममा सिकेको सीपले आफूहरुलाई व्यवसायिक रुपमा सावुन बनाउने काममा लाग्न प्रेरित गरेको बताए ।
तालिम समापन सत्रमा निर्धन संस्थाकी प्रमुख कार्यकारी अधिकृत अन्जु पाण्डे पन्तले सहभागीहरुलाई प्रमाण पत्र वितरण गरेकी थिइन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]