Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

अमेरिका र चिनबीच व्यापारिक द्धन्द्ध बढ्यो

२०७६ जेष्ठ २९ गते

बैंकिङ खबर । अमेरिका र चिनबीच व्यापारिक द्धन्द्ध बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुनको अन्तिममा हुने जी२० सम्मेलनपछि बाँकी चिनियाँ सामग्रीमाथि आयातकर बढ्न सक्ने बताएपछि चिनले पनि त्यसको कडा जवाफ दिने चेतावनी दिएको छ ।

ट्रम्पले गत साता थप ३ खर्ब डलरको चिनियाँ सामग्रीमा आयातकर बढाउनेबारे विचार गरिरहेको बताएका थिए । चिनले व्यापारिक द्धन्द्ध नचाहेको तर अमेरिकाले सुरु गरेमा आफू पनि जवाफ दिने र अन्तिम समयसँग लड्ने योजना बनाएको बताइएको छ ।

यसअघि गत मे १० मा ट्रम्पले २ खर्ब डलरका चिनियाँ सामग्रीमा २५ प्रतिशतसम्म आयातकर बढाउने निर्णय गरेका थिए । त्यसको बदलामा चीनले पनि ६० अर्ब डलरका अमेरिकी आयातमा कर बढाउने निर्णय गरेको थियो । एजेन्सी