June 11th, 2019

मिर्मिरे लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम : कपुरकोटका ३५० विद्यार्थी सहभागी

बैंकिङ खबर । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सल्यान स्थित कपुरकोट शाखाले वित्तीय साक्षरता सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले कपुरकोट गाँउपालिका –०५ रिमको श्री जिवन ज्योती माध्यामिक विद्यालय र कपुरकोट गाँउपालिका –०५ को नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका कक्षा ९ र १० बिद्यार्थीहरु तथा शिक्षक गरी ३५० जनाका बिच कार्यक्रम सम्पन्न गरेको हो ।

संस्थाले कर्जा बचत, बीमा तथा बिप्रेषण ‘सेवा मात्र नभएर समुदायमा बसोबास गर्ने हरेक मानिस स्वास्थ्य, शिक्षा तथा बित्तीय साक्षरता लगाएतको कुरामा सचेत हुनुपर्ने सोच सहित सल्यान जिल्लाको कपुरकोट गाउँपालिकामा विशेष गरी विद्यार्थी वर्गमा सचेतना कार्यक्रम गरेको हो । वित्तीय साक्षरतामा बचत, बीमा, बैंकको प्रकार, कर्जा, खर्च, विप्रेषण र पैसाको व्यवस्थापनको बारेमा सचेतना कक्षा सञ्चालन गरिएको थियो । लक्ष्य प्रप्तीमा वित्तीय साक्षरताको महत्तवको विषयलाई विशेष जोड दिइएको थियो ।

कार्यक्रमको समापनमा बोल्दै सहभागी विद्यार्थीहरुले आफुहरुले एकदमै जीवन उपयोगी शिक्षा पएको बताए । त्यस्तै विद्यालयका शिक्षकहरुले वित्तीय संस्थाले उदाहरणीय काम गरेको र आउँदा दिनमा सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्घता ब्यक्त गरे ।