June 11th, 2019

सपोर्ट माईक्रोफाईनान्सको बार्षिक योजना गोष्ठि तथा तनाव व्यबस्थापन तालिम सम्पन्न

बैंकिङ खबर । सपोर्ट माईक्रोफाईनान्स वित्तीय संस्थाले दुई दिने बार्षिक योजना गोष्ठि तथा तनाव व्यबस्थापन तालिम सम्पन्न गरेको छ । केन्द्रिय कार्यालय इटहरीको आयोजनामा भएको गोष्ठिमा कामको शिलशिलामा हुने तनाव र त्यसको व्यवस्थापनका विषयमा प्रशिक्षक बिनोद न्यौपानेले प्रशिक्षण दिएका थिए ।

१९ वटा शाखाको २१ जनाको सहभागिता रहेको कार्यक्रममा आर्थिक बर्ष २०७७÷७८ को बार्षिक योजनाको बारेमा शाखागत रुपमा छलफल भएको थियो ।

गोष्ठिमा का.मु प्रमुख कार्यकारी अधिकृत कुलमणि तिम्सीना, सञ्चालन, अनुपालना तथा कर्जा बिभागका बिष्णुकान्त चौधरी, लेखा तथा सुचना प्रबिधी बिभागका सबिन पोख्रेल लगायतको उपस्थिती रहेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]