मिर्मिरे लघुवित्तको कपुरकोट शाखाद्धारा वित्तीय साक्षरता र जनचेतना कार्यक्रम सम्पन्न

बैंकिङ खबर । मिर्मिरे लघुवित्तको सल्यानस्थित कपुरकोट शाखाले नेपाल प्रहरी र स्थानीय तहसँगको सहकार्यमा वित्तीय साक्षरता र समुदाय प्रहरी साझेदारी जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । कपुरकोट गाँउपालिका अध्यक्ष भिम बहादुर सेन तथा कपुरकोट प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक रोम हर्ष गौतमको आतिथ्यता एवम् ४० जना महिलाहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा समाजमा घट्ने विभिन्न खालका घटना, महिला हिंसाका, बलत्कार, बैंकिङ्ग कसुर साथै समुदायले कसरी प्रहरीसँग सहकार्य गरेर अगाडी बढ्ने भन्ने विषयमा छलफल गरिएको थियो । त्यस्तै, वित्तीय साक्षरताको महत्व, उद्देश्य, आम्दानी खर्च, बीमा, विप्रेषण सेवा, बजेट, वित्तीय अनुशासन, कर्जा सदुपयोगिता आदिको बारेमा छलफल साथै फोटो तथा अन्य श्रव्य सामाग्री प्रदर्शनी मार्फत जनचेतनामुलक कार्यक्रम गरिएको थियो । महिला हिंसा न्यूनिकरण, उद्यमशीलतामा लघुवित्तको भूमिकाका विषयमा पनि कार्यक्रममा चर्चा गरिएको थियो ।

कपुरकोट गाँउपालिका अध्यक्ष सेनले गाँउघरमा यस्ता कार्यक्रमको आवश्यकता महशुस भएको उल्लेख गर्दै वित्तीय संस्थालाई आउँदा दिनमा पनि स्थानीय तहसँग सहकार्य गरी अगाडि बढ्न आग्रह गरे । उनले सदस्यहरुलाई पनि क्षमता अनुसार कर्जा उपभोग गर्न सुझाव दिए ।

प्रहरीका प्रतिनिधिले वित्तीय संस्थाले गरेको अगुवाई प्रभावकारी भएको भन्दै आउँदा दिनमा वित्तीय साक्षरतालाई पनि अझै प्रभावकारी तरिकाले अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

कपुरकोट गाँउपालिका अन्र्तगत कपुरकोट बजारमा रहेका बिभिन्न लघुबित्त बित्तीय संस्थाको सहभागितामा कपुरकोट बजार र राजमार्ग क्षेत्र एक दिने सरसफाइ अभियान गरी कार्यक्रमको समापन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *