निर्धन उत्थान लघुवित्तद्धारा मृतक ग्राहकका परिवारलाई बीमा रकम हस्तान्तरण

बैंकिङ खबर । निर्धन उत्थान लघुवित्तको रुपन्देहीस्थित महजिदिया शाखाले मृतक ग्राहकका परिवारलाई ग्रामीण कर्जा बीमा क्षतिपूर्ति रकम हस्तान्तरण गरेको छ । सियारीे गाउपालिका अध्यक्ष आयोध्या थारु, ६५ जना सदस्य र अभिभावकहरुको उपस्थितीमा मृतक सदस्य आशा आहिरका श्रीमान् रुदल आहिरलाई चार लाख ६७ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो ।

हालसम्म महजिदिया शाखाले ८४ जना मृतक सदस्यहरुको हकवालाहरुलाई बीमा क्षतिपूर्तिवापत ४२ लाख ९८ हजार तीन सय ८५ रुपैयाँ वितरण गरिसकेको शाखा प्रमुख पूर्णवासी चौधरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *