June 10th, 2019

चितवनको खुरखुरेमा आशा लघुवित्तद्वारा सीपमूलक तालिम सम्पन्न

बैंकिङ खबर । आशा लघुवित्त वित्तीय संस्थाले ३ दिने सीपमूलक तालिम संचालन गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालय खुरखुरे चितवनमा आबद्ध सदस्यहरु मध्ये ६४ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुने साबुन तथा सर्फ बनाउने तालिम प्रदान गरेको हो ।

तालिम कार्यक्रमलाई उद्घाटन गर्दै राप्ती न.पा. वडा नं. ८का अध्यक्ष श्री बुद्धीराज थपलियाले यस्तो किसिमको कार्यक्रमले महिलाहरुलाई उद्यमशिल बन्न थप सहयोग पुग्ने बताए ।

शाखा प्रमुख सुदर्शन भण्डारीले यस कार्यक्रम पश्चात सदस्यहरुको ब्यवसायमा वृद्धि हुने धारणा राखे । उनले तालिमबाट विपन्न महिलाहरुको आर्थिक क्रियाकलाप बढ्नुका साथै उनीहरुलाई आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उक्त तालिमबाट सहभागीहरुले कम लागतमा लुगा धुने साबुन तथा सर्फ बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]