Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

आँधिखोला लघुवित्तको वार्षिक गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन

२०७६ जेष्ठ २६ गते

बैंकिङ खबर । आँधिखोला लघुवित्त वित्तीय संस्था लि.ले स्याङजा जिल्लाको वयरघारी शाखाको प्रथम केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । केन्द्र प्रमुखसविता सिं विश्वकर्माको अध्यक्षता एवम् भीरकोट नगरपालिका प्रमुख छायाराम खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथी तथा भीरकोट न.पा. प्रमुख छायाराम खनालले आँधिखोला भीरकोटमा केन्द्रीय कार्यालय रहेको एक मात्र वित्तीय संस्था रहेकाले संस्थाको रचनात्मक कार्यमा नगरपालिकाको सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा वडाध्यक्षद्धय चन्द्र वहादुर वस्नेत र लक्ष्मण खत्रीले समेत संस्थाको प्रगतिसँगै यसमा आवद्ध सदस्यहरुको समेत आर्थिक उन्नतीको कामना गरे ।

कार्यक्रममा वित्तीय साक्षरता सम्वन्धी सहजीकरण प्रवन्धक वावुराम कुवँरले गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत डोलराज के.सीले गोष्ठीमा सहभागी सदस्यहरुका सुझाव तथा प्रश्नहरुको जवाफ दिदै संस्थाले नाफा कमाउने मात्र नभई सदस्यको हितलाई समेत हेरी कार्यक्रम अगाडी वढाउने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

कार्यक्रममा शाखा प्रमुख गंगा गोदारले शाखाको प्रगति विवरण प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष श्री नरेश के.सीले संस्थाको उद्देश्य तथा आगामी रणनीतिका बारेमा प्रकाश पार्दै नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रही समयानुकुल ग्राहकमैत्री नीति बनाउदै जाने प्रतिवद्धता ब्यक्त गरे ।

कार्यक्रममा २५० भन्दा बढि सदस्य तथा स्थानीयको उपस्थिती रहेको थियो ।

Ad