June 5th, 2019

कपिलबस्तुको बाणगंगामा आशा लघुवित्तद्वारा सीपमूलक तालिम सम्पन्न

बैंकिङ खबर । आशा लघुवित्त वित्तीय संस्थाले कपिलवस्तुको वाणगंगामा ३ दिने सीपमूलक तालिम संचालन गरेको छ । लघुवित्तले वाणगंगा शाखामा आवद्ध सदस्यहरुमध्ये १२२ जना महिलालाई निःशुल्क रुपमा लुगा धुने साबुन तथा अचार बनाउने तालिम प्रदान गरेको हो ।

तालिम कार्यक्रमलाई उद्घाटन गर्दै बाणगंगा न.पा.वडा नं. ७ का अध्यक्ष बिष्णु प्रसाद गिरीले यस्तो किसिमको कार्यक्रमले महिलाहरु लाई उद्यमशिल बन्न थप सहयोग पुग्ने धारणा राखे ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा शाखा प्रमुख अर्जुन कुमार ओलीले यस कार्यक्रम पश्चात सदस्यहरुको ब्यवसायमा बृद्धि भई यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृृद्धि हुने र आत्मनिर्भरता बढ्ने विश्वास व्यक्त गरे ।

तालिमबाट सहभागीहरुले कम लागतमा लुगा धुने साबुन तथा अचार बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका छन् ।