बैंकिङ क्षेत्रमा अमेरिकाभन्दा चिन बलियो, टप १० मा कुनकुन ?

बैंकिङ खबर । विश्व अर्थतन्त्रको विकाससँगै अन्तर्राष्ट्रिय बैंकहरुको सम्पत्तिमा पनि वृद्धि भइरहेको छ । चिन र अमेरिका बीचमा कुन देशको अर्थतन्त्र बढी बलियो भन्ने विषयमा चर्चा चलिरहन्छ । बैंकको अवस्था हेर्ने हो भने चिन बलियो देखिन्छ । अमेरिकी बैंकहरु टप १० मा समेत पर्दैनन् । विश्वका १० ठूला बैंकमध्ये, जम्मा दुई वटा बैंक अमेरिकाका छन्, जुन छैटौँ र नवौँ स्थानमा पर्छन् । पहिलो चार स्थानमा चिनियाँ बैंक रहेका छन् । यसबाहेक, टप १० को सूचिमा जापान र बेलायतका बैंक रहेका छन् । विश्वका १० ठूला बैंकहरुका बारेमा यहाँ चर्चा गरिन्छ :

१. इन्डस्ट्रियल एण्ड कमर्सियल बैंक अफ चाइना
विश्वकै सबैभन्दा ठूलो यो बैंकको सम्पत्ति ३.६२ ट्रिलियन अमेरिकी डलर रहेको छ ।

२. चाइना कन्स्ट्रक्सन बैंक कर्पोरेसन
पछिल्लो विवरण अनुसार यो बैंकसँग २.९४ ट्रिलियन अमेरिकी डलर सम्पत्ति रहेको छ ।

३. एग्रिकल्चर बैंक अफ चाइना
चिनको बेइजिङमा केन्द्रीय कर्याालय रहेको यो बैंकको चिनमा मात्रै नभएर लण्डन, टोकियो, न्युयोर्क र सिड्नीमा पनि शाखा रहेका छन् । यसको सम्पत्ति २.८२ ट्रिलियन अमेरिकी डलर रहेको छ ।

४. बैंक अफ चाइना
यो बैंकको कुल सम्पत्ति २.६३ ट्रिलियन अमेरिकी डलर रहेको छ ।

५. एचसीबीसी
इङ्गल्याण्डमा रहेको यो बैंकले ८० देशका १८०० स्थानमार्फत सेवा दिँदै आएको छ । यो बैंकको सम्पत्ति
२.५७ ट्रिलियन अमेरिकी डलर रहेको छ ।

६. जेपी मोर्गन चेज
अमेरिकाको न्युयोर्क सहरमा रहेको यो बैंक पनि बहुराष्ट्रिय बैंक हो । यो अमेरिकाको सबैभन्दा ठूलो बैंक हो । यसको सम्पत्ति २.४५ ट्रिलियन अमेरिकी डलर रहेको छ ।

७. बीएनपी परिबास
२.४ ट्रिलियन अमेरिकी डलर सम्पत्ति भएको यो बैंकले अमेरिकासहित ७५ वटा मुलुकमा सेवा दिइरहेको छ ।

८. मित्सुबिसी युएफजे फाइनान्सियल ग्रुप
कन्जुमर, विजनेस र प्राइभेट बैंकिङ सेवा दिने यो जापानको बैंक हो । यसको सम्पत्ति २.४५९ ट्रिलियन अमेरिकी डलर रहेको छ ।

९. बैंक अफ अमेरिका
करिब ५००० आउटलेट भएको यो बैंकको सम्पत्ति २.१५ ट्रिलियन अमेरिकी डलर रहेको छ ।

१०. क्रेडिट एग्रिकोल ग्रुप
कृषकहरुसँग काम गरेको इतिहास रचेको यो बैंकको सम्पत्ति १.९१ ट्रिलियन अमेरिकी डलर रहेको छ । यो ३९ वटा फ्रेन्च बैंकहरुको एउटा नेटवर्क हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *