हिमालयन हाइड्रोको आईपिओ निष्काशनको बिक्री प्रबन्धकमा जनता क्यापिटल नियुक्त

बैंकिङ खबर । हिमालयन हाइड्रो पावर लिमिटेडले आईपिओ निष्काशन गर्न जनता क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । आईपिओ निष्काशन सम्बन्धि सम्झौता लिखतमा हिमालयन हाइड्रो पावर लिमिटेडका तर्फबाटसंचालक शिवकृष्ण श्रेष्ठ र बिक्री प्रवन्धक जनता क्यापिटल लिमिटेडका तर्फबाट कार्यकारी निर्देशक बिश्व सुवेदीले हस्ताक्षर गरेका छन् ।

हिमालयन हाइड्रोले एक सय रुपैयाँ अंकित दरका २२ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गर्न लागेको छ । जसमध्ये नौ लाख कित्ता शेयर परियोजना प्रभावित स्थानीय क्षेत्रहरुको लागि छुट्याइएको छ ।

कम्पनीले आउँदो दशैैंसम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *