बैंकिङ खबर । चौतारी लघुवित्तले व्यवस्थापना सम्मेलन सम्पन्न गरेको छ । चालू आर्थिक वर्षको प्रगति समीक्षा र आगामी आर्थिक वर्षको योजना तर्जुमा गर्ने उद्देश्यले लघुवित्तले ५७ वटा शाखाका प्रमुखहरुको सहभागितामा सम्मेलन सम्पन्न गरेको हो ।
कार्यक्रममा सामाजिक बिकास मन्त्रीलेसुदर्शन बरालले चौतारी लघुवित्त वित्तीय संस्थाले महिला सशतिmकरण तथा उद्यमशिलता बिकासमा गरेको योगदानको चर्चा गर्दै आगामी दिनमा थप सशक्त रुपले गरीबी निवारणमा सहयोग पुर्याउने अपेक्षा व्यक्त गरे ।
संस्थाका अध्यक्ष जगत बहादुर पोख्रेलले आगामी दिनमा देशको सबै क्षेत्रमा रहेका पिछडिएका बर्गलाई वित्तीय सेवा उपलब्ध गराउने गरि अघि बढिरहेको जानकारी दिए । उनले चौतारी लघुवित्त नाफामुखी मात्रै नभई सेवाको भावनाले काम गरेको बताए ।
कार्यक्रममा कृषि बिकास बैंकका पुर्व अध्यक्ष, अर्थविद तथा पुर्व सभासद बामदेव क्षेत्रीले लघुवित्तले गरिबी निवारणमा कोशेढुङगा हुने गरी काम गर्नुपर्ने धारणा राखे ।