बैंकिङ खबर । जाल्पा लघुवित्त वित्तीय संस्थाको कास्कीस्थित विरौटा शाखाले मृतक सदस्यका परिवारलाई बीमा रकम हस्तान्तरण गरेको छ । लघुवित्तको भरतपोखरीको वाघमारा सृजना विकास केन्द्रमा आवद्ध सूर्यदेवी पौडेलको मृत्यु भएकोमा उनको श्रीमानलाई बीमावापतको दुई लाख २१ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो ।