बैंकिङ खबर । मिथिला लघुवित्त वित्तीय संस्था लि. ले आफ्ना नव प्रवेशी सहायक स्तरका ३१ जना कर्मचारीहरुलाई सेवा प्रवेश पुर्व अभिमुखिकरण तालिम प्रदान गरेको छ । तालिममा कर्मचारीहरुले आफूले गर्नुपर्ने विभिन्न चरणको काम कर्तब्यका बारेमा जानकारी लिएका छन् । संस्थाले शाखा कार्यालय ढल्केवरको के.नं. ७७ को केन्द्र बैठकको अवलोकन समेत गराएको थियो ।