बैंकिङ खबर । आशा लघुवित्त वित्तीय संस्थाले लक्ष्मीमूर शाखामा आवद्ध ६७ जना महिला सदस्यहरुलाई निशूल्क तालिम दिएको छ । संस्थाले तीन दिने लुगा धुने सर्फ तथा झोल साबुन बनाउने तालिम प्रदान गरेको हो ।
वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलद्धारा दिइएको तालिमबाट सहभागीहरुले कम लागतमा लुगा धुने सर्फ तथा झोल साबुन बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका छन् ।
आशा लघुवित्तले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै १,११४ जना विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ । आगामी दिनमा पनि यस्ता कार्यक्रममाहरुलाई निरन्तरता दिने संस्थाको योजना छ ।
लघुवित्तले २८ वटा जिल्लाहरुका ४५ शाखा कार्यालयहरु मार्फत करीब ४४ हजारभन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म रु. १ अर्ब ७० करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट ४२ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ