May 30th, 2019

धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीको प्रवेश खुला

बैंकिङ खबर । गैरआवासी नेपालीहरुले दोस्रो बजारमार्फत पनि सेयरमा लगानी गर्न सकिने व्यवस्था गरिने भएको छ । आर्थिक वर्ष २०७६।७७ को बजेट मार्फत अर्थमन्त्री डा. युवराज खतिवडाले गैरआवासीय नेपालीहरुले दोस्रो बजारमार्फत पनि लगानी गर्न सक्ने गरी पुँजी बजारलाई फराकिलो बनाइने घोषणा गरेका छन् । यस व्यवस्थाले सेयर बजारको विकास र विस्तारमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेन्जको संस्थागत सुधार गरिने भएको छ । दसबै प्रकारका धितोपत्र र ऋणपत्रमा दोस्रो बजार कारोबार विद्युतीय प्रणालीमार्फत गर्न विद्युतीय कारोबार प्रणालीलाई सुरक्षित र पारदर्शी बनाउने घोषणा गरिएको छ । सरकारी ऋणपत्र खरिद विक्रीको लागि अनलाइन प्रणाली विकास गरिने भएको छ । धितोपत्रको दोस्रो बजारमा निश्चित रकमभन्दा बढी कारोबार गर्ने लगानीकर्ताको स्थायी लेखा नम्बरसहितको विवरण नेप्से तथा सिडिएससी राफसाफ प्रणालीमा आवद्ध गरिने भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]