Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा सेवा सहज गर्न ‘घुम्ती बीमा कार्यक्रम’ संचालन गरिने

admin २०७६ जेष्ठ १६ गते
सेयर:

बैंकिङ खबर । आर्थिक वर्ष २०७६।७७ को बजेटले बैंकिङका साथै बीमा क्षेत्रमा पनि बिग मर्जरको विषय उठाएको छ । बजेटमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्था एकआपसमा गाभिने नीतिलाई निरन्तरता दिँदै ठूला बैंक तथा वित्तीय संस्थाहरु समेत एकआपसमा गाभ्न प्रोत्साहित गरिनेछ । यो व्यवस्था बीमा कम्पनीको हकमा समेत लागू गरिनेछ ।’

त्यस्तै, बजेटमार्फत बीमाको पहुँच विस्तार हुने गरी बीमा सेवाको प्रदायक निकायहरुको संस्थागत र प्रणालीगत सुधार गरिने घोषणा गरिएको छ । कृषि र लघुउद्यम सेवामा बीमा सेवा सहज गर्न घुम्ती बीमा कार्यक्रम संचालन गरिने भएको छ ।

पुनर्बीमा नीति परिमार्जन गरी पुनर्बीमा व्यवसायलाई थप प्रभावकारी एवम् व्यवस्थित गरी विदेशी संस्थाहरुलाई नेपालमा पुनर्बीमा गर्न प्रोत्साहित गरिने बजेटमा उल्लेख छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।