Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

आगामी बजेटमा ‘सेयर बजार’ : पुँजीगत लाभकर पाँच प्रतिशतमा झारियो

admin २०७६ जेष्ठ १५ गते
सेयर:

बैंकिङ खबर । यस वर्ष अर्थमन्त्री डा. युवराज खतिवडा सेयर बजारप्रति उदार देखिएका छन् । चालू बजेटमा सेयर बजारका लागि गरिएको व्यवस्थाबाट आलोचित बनेका डा. खतिवडाले आगामी बजेटमा खुकुलो नीति लिएका छन् । बजेटमा सेयर बजारका लागि निम्न व्यवस्था गरिएको छ :

पुँजीगत लाभकर ७.५ प्रतिशतबाट पाँच प्रतिशतका झारिएको छ ।
बोनस शेयर र हकप्रद शेयरको पूँजीगत लाभकर गणना गर्दा भारित औसत ‘वेटेज एण्ड एभरेज’का आधारमा गणना गरिने भएको छ ।
गैरआवासीय नेपालीलाई पनि धितोपत्र बजारमा प्रवेश खुला गरिएको छ ।
सरकारी ऋणपत्रको कारोबार पनि अनलाइनबाट गर्ने व्यवस्था हुने भएको छ ।
निश्चित रुपैयाँभन्दा बढी रकमको धितोपत्रको कारोबार गर्नेको स्थायी लेखा नम्बर नेप्से र सिडिएससिको प्रणालीमा आबद्ध गराइने भएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।