बैंकिङ खबर । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ४० जना ग्राहक सदस्यहरुलाई वित्तीय साक्षरता तालिम प्रदान गरेको छ । विगत चार वर्षदेखि आफ्नो कार्य क्षेत्रका ग्रामीण विपन्न परिवारहरुलाई लक्षित गरी लघुवित्त सेवा प्रदान गर्दै आईरहेको यस वित्तीय संस्थाले आफ्नो १५ जिल्लाहरुका २० वटै शाखा कार्यालय अन्तर्गत ग्राहक सदस्यहरुलाई वित्तीय साक्षरता तालिम प्रदान गर्ने लक्ष्य अनुरुप यसपटक पाँचखालमा तालिम संचालन गरेको हो ।
तालिमबाट सहभागीहरुले वित्तीय साक्षरताको परिचय, महत्व, उद्देश्य, वित्तीय लक्ष्य, लक्ष्य निर्धारण, बचत परिचालन, कर्जा ब्यवस्थापन तथा कर्जा सदुपयोगिता, वित्तीय अनुशासन, पारिवारिक बजेट, लघु ब्यवसाय, सेवा सुविधाको छनौट प्रक्रिया तथा आम्दानी खर्च, जोखिम ब्यवस्थापन, बिमा, विप्रेषण सेवा, ब्यवसायिक योजना, ब्यवसायिक योजना बनाउँदा ध्यान दिनु पर्ने कुराहरु, बचतको महत्व तथा संस्थाको पब्लिक डिपोजिटका साथै संस्थाले प्रदान गरी रहेका सेवाहरु, बिना धितो तथा धितो कर्जा, बचत तथा रकमान्तर सेवा आदिका बारेमा जानकारी हासिल गरेका छन् ।