May 24th, 2019

४९ महिला सदस्यलाई आशा लघुवित्तले दियो सीपमूलक तालिम

बैंकिङ खबर । आशा लघुवित्त वित्तीय संस्थाले बाँकेस्थित खजुरा शाखामा आवद्ध ४९ जना महिला सदस्यलाई ३ दिने सीपमूलक तालिम प्रदान गरेको छ । लघुवित्तले निशूल्क रुपमा सर्फ तथा साबुन बनाउने तालिम प्रदान गरेको हो ।

उक्त तालिमबाट सहभागीहरुले कम लागतमा लुगा धुने सर्फ तथा साबुन बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका छन् ।

तालिम कार्यक्रममा शाखा प्रमुख सञ्जीत वलीले यस्तो किसिमको कार्यक्रमले महिलाहरुलाई उद्यमशिल बन्न थप सहयोग पुग्ने र सदस्यहरुको ब्यवसायमा बृद्धि भई आत्मनिर्भर बन्न सहयोग पुग्ने धारणा राखे ।