May 24th, 2019

‘एनबीबीएल डिबेन्चर’ खुल्यो, १०.२५% व्याज पाइने

बैंकिङ खबर । नेपाल बङ्गलादेश बैंकले शुक्रबार (जेठ १० गते)देखि २० लाख युनिट (इकाई) “१०.२५% एनबीबीएल डिबेन्चर २०८५” बिक्री खुला गरेको छ । यसमध्ये १२ लाख युनिट डिबेन्चरले हुन आउने कुल रु. १ अर्ब २० करोड ऋणपूँजी रकम विभिन्न व्यक्ति वा संघ संस्थाहरुलाई व्यक्तिगत तथा ८ लाख युनिट डिबेन्चरले हुन आउने कुल रु. ८० करोड ऋणपूँजी रकम सर्वसाधारण नेपालीहरुको लागि सार्वजनिक निश्कासनको माध्यमबाट विक्री खुल्ला गरेको छ । सर्बसाधारणको लागि छुट्टयाएको मध्ये ५% अर्थात ४०,००० युनिट डिबेन्चर सामुहिक लगानी कोषहरुको लागि समेत छुट्टयाईएको छ ।

उक्त ऋणपत्रमा वार्षिक १०.२५% ब्याजदर प्रदान गरिने छ भने ब्याज रकमको भुक्तानी भने अर्धवार्षिक रुपमा गरिनेछ । साथै उक्त ऋणपत्र १० वर्षमा परिपक्व हुनेछ । उक्त निश्काशनको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंङिक रहेको छ । सर्वसाधारण लगानीकर्ताले प्रतियुनिट १ हजार रुपैयाँका दरले न्यूनतम २५ देखि १ लाख युनिटसम्मको लागि आवेदन दिन सक्नेछन् । ऋणपत्र नेप्सेमा सूचिकृत हुने भएकोले आवश्यक पर्दा सहज रुपमा खरिद बिक्रीगर्न सकिने साथै बैंक तथा वित्तीय संस्थाबाट धितो राखि कर्जा समेत लिन सकिने छ ।
उक्त ऋणपत्रको लागि छिटोमा जेठ १४ गते र ढिलोमा असार ८ गते सम्म आवेदन दिन सकिन्छ । नेपाल बङ्गलादेश बैंकको कुनैपनि शाखा कार्यालय तथा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ । उक्त ऋणपत्रलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले औसत जोखिम जनाउने ‘एलबीबीबीप्लस’ रेटिङ दिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]