Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

लक्ष्मी लघुवित्तले दियो अगुवा कृषकहरुलाई अलैँची–अदुवा खेती सम्बन्धी तालिम

२०७६ जेष्ठ ९ गते

बैंकिङ खबर । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले इलाम र पाँचथर जिल्ला अन्तर्गतका शाखा कार्यालयहरुमा आवद्ध व्यवसायिक रुपमा अलैची अदुवा खेती गर्दै आएका आफ्ना अगुवा ग्राहक तथा ग्राहकहरुका श्रीमानहरुलाई अलैची अदुवा खेती सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरेको छ ।

अलैची, अदुवा खेतीको लागि पकड क्षेत्र मानिने इलाम र पाँचथरका ग्रामिण भेगमा छरिएर रहेका स–साना कृषकहरुलाई अगुवा कृषकहरुको माध्यमबाट व्यवसायिक रुपमा अलैची, अदुवा खेती गर्ने सीपमा अभिवृद्धि गरी उत्पादनमा बढोत्तरी ल्याउन सहयोग पुर्याउने उद्देश्य अनुरुप अगुवा कृषकहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरेको लघुवित्तले जनाएको छ ।

तीन दिने तालिममा २२ जना अगुवा कृषकहरु सहभागी थिए । उनीहरुले करिब १७६० जना कृषकहरुलाई पुनः तालिम प्रदान गर्ने हुँदा धेरै संख्यामा ग्रामिण भेगका कृषकहरु लाभान्वित हुने अपेक्षा गरिएको छ ।

Ad