बैंकिङ खबर । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले अत्तरीया शाखामा आवद्ध रहेका १४५ वटा केन्द्रका प्रमुख तथा उप प्रमुखहरुको गोष्ठी तथा सेवाग्राही सशक्तिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपलिका वडा नं.१ का वडा अध्यक्ष शर्मानन्द भट्टले लघुवित्त सेवा प्रवाह मार्फत बिपन्न बर्गको आर्थिक सामाजिक सशक्तिकरणमा र्मििर्मरे लघुवित्त वित्तीय संस्थाले पुर्याएको योगदानको चर्चा गर्दै स्थानीय सरकारले पनि महिला लक्षित कार्यक्रमहरु तिब्र रुपमा आयोजना गरिरहेको बताए । आगामी दिनमा वडा कार्यालयमा आउने शिपमुलक तालिममा मिर्मिरेसँग साझेदारी गर्न सकिने समेत उनले बताए ।
मिर्मिरेको अत्तरीया शाखा अन्र्तगतको केन्द्र नं ४३ की केन्द्र प्रमुख पार्वती कुवँरको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा संस्थाको अत्तरीया क्षेत्रीय कार्यालय प्रमुख बेद प्रसाद आचार्यको विशिष्ट आतिथ्यता रहेको थियो ।