May 20th, 2019

स्थानीयलाई हिमाल दोलखा हाइड्रोपावरको सेयर जेठ १४ देखि, सर्वसाधारणका लागि छिटै खुल्ने

बैंकिङ खबर । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि १६ लाख कित्ता आईपिओ जेठ १४ गतेदेखि निष्काशन गर्ने भएको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले इलाम जिल्लामा रहेका ७ वटा बैंक, आयोजनाको निर्माण स्थलका साथै नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधा प्राप्त सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नृछन् । सेयर निष्काशन छिटोमा जेठ २८ गते र ढिलोमा असार १३ गते बन्द हुनेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

कम्पनीको जारी पूँजी एक अर्ब ६० करोड रुपैयाँ रहेको छ। जारी पूँजीको ५१.२५ प्रतिशत अर्थात ८२ करोड रुपैयाँ उठाइसकेको छ। सर्वसाधारण समुह तर्फको १० प्रतिशत अर्थात १६ करोड रुपैयाँ प्रभावित क्षेत्रका बासिन्दाबाट उठाउने र बाँकी ३८.७५ प्रतिशत अर्थात ६२ करोड रुपैयाँ सर्वसाधारणबाट उठाउने कम्पनीको योजना छ ।

कम्पनीले इलाम जिल्लामा ४।५ मेगावाट क्षमताको माईखोला साना जलविद्युत आयोजना र ८ मेगावाट क्षमताको माई साना क्यासेड जलविद्युत आयोजना निर्माण गरेको छ। दुबै आयोजनाले व्यावसायिक उत्पादन सुरु गरिसकेका छन्।

दुई आयोजनाको जम्मा लागत दुई अर्ब १४ करोड रुपैयाँ छ । जसमा शेयर पूँजीबाट एक अर्ब ६० करोड रुपैयाँ जुटाउनेछ। कम्पनीको साधारण लगानी फिर्ता अवधि ७ वर्षको रहेको छ।

प्रभावित क्षेत्रका बासिन्दाको लागि शेयर निष्काशन गरे पछि सर्वसाधारणको लागि बिक्री खुला गर्ने कम्पनीले जनाएको छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]