May 19th, 2019

मिर्मिरे लघुवित्तका ३५ सदस्यले पाए व्यवसायिक तरकारी खेती तालिम

बैंकिङ खबर । मिर्मिरे लघुवित्तको हसुलिया शाखाले विभिन्न तीस बटा केन्द्रका ३२ जना सदस्यहरुलाई तरकारी खेती सम्बन्धि एकदिने तालिम प्रदान गरेको छ । तालिममा कृषि प्राविधिक प्रशिक्षक रामशरण चौधरीले तरकारी खेतीसम्बन्धी विभिध विषयवस्तुको बारेमा प्रशिक्षण दिए ।

कार्यक्रममा बोल्दै कैलारी गाउपालिका उपाध्यक्ष लक्ष्मी सत्गौवा थारु पछिल्लो समय लघुवित्तहरु गरिबी निवारणमा प्रभावकारी औजार सावित भएको धारणा राखे । खाद्यान्न, दलहन, तरकारी, माछा, मासुजन्य जस्ता वस्तुको पहिचार गरेर त्यस्ता वस्तुको उत्पादक घरपरिवारलाई सम्बन्धित विषयमा व्यवहारिक तालिम र वित्तीय सेवा प्रदान गर्न सके मुलुकको आयात प्रतिस्थापन गर्न सकिने उनले बताए । यसबाट प्रशस्त रोजगारीका अवसरहरु समेत सिर्जना हुन गई अन्ततः मुलुकको दिगो आर्थिक विकासमा टेवा पुग्न जाने उनको भनाई थियो ।

लघुवित्तको क्षेत्रीय कार्यलयका अधिकृत शुशिल कुमार बुढाले आगामी दिनमा पनि विभिन्न व्यवसायिक सीपमूलक तालिम प्रदान गर्दै जाने व्यवसायिक योजना रहेको जानकारी गराए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]