झन्झन् बढ्दै बैंकहरुको सिसिडी रेसियो, कुनको कति छ ?

बैंकिङ खबर । स्रोत परिचालनमा देखिएको समस्याका कारण बैंकहरुको सिसिडी रेसियो सीमानजिक पुगेको छ । सिसिडी रेसियो ८० प्रतिशतभन्दा कम कायम गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनका बाबजुद पनि केही महिनादेखि बैंकहरुको सीसीडी रेसियो ८० प्रतिशत नजिक पुगेबमे छ । निक्षेपको तुलनामा अधिक मात्रमा कर्जा विस्तारका कारण यस्तो समस्या देखिएको हो ।

राष्ट्र बैंकले सिसिडी सीमाभन्दा बढी पुर्याउने बैंकलाई कारबाही गर्ने भने तापनि हालसम्म कुनै पनि बैंक कारबाहीमा परेका छैनन् । राष्ट्र बैंकले नै सार्वजनिक गरेको फागुन मसान्तसम्मको विवरणमा सीसीडी रेसियोले सीमा नाघेको देखिएको छ । यद्यपि, यसको व्यवस्थापन हुनुको सट्टा झन् बढ्दै गएको देखिन्छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक विवरण अनुसार, राष्ट्रिय वाणिज्य बैंकको सीसीडी रेसियो सबैभन्दा कम छ भने सेञ्चुरी बैंकको सबैभन्दा बढी रहेको छ ।

२८ वटै वाणिज्य बैंकहरुको सीसीडी रेसियो यहाँ प्रस्तुत गरिन्छ :
राष्ट्रिय वाणिज्य बैंक : ७४.०८ प्रतिशत
नेपाल बैंक : ७४.३२ प्रतिशत
नेपाल एसबीआई बैंक : ७५.५८ प्रतिशत
प्रभु बैंक : ७५.८२ प्रतिशत
एनसीसी बैंक : ७६.६१ प्रतिशत
एभरेष्ट बैंक : ७६.६९ प्रतिशत
माछापूच्छ्रे बैंक : ७७.२४ प्रतिशत
एनआईसी एशिया बैंक : ७७.५५ प्रतिशत
सिभिल बैंक : ७७.७८ प्रतिशत
एनएमबि बैंक : ७७.८३ प्रतिशत
नेपाल इन्भेष्टमेन्ट बैंक : ७८.०३ प्रतिशत
लक्ष्मी बैंक : ७८.१८ प्रतिशत
कृषि विकास बैंक : ७८.२९ प्रतिशत
प्राइम कमर्सियल बैंक : ७८.४३ प्रतिशत
स्टान्डर्ड चार्टर्ड बैंक : ७८.४७ प्रतिशत
सिटिजन्स बैंक : ७८.४८ प्रतिशत
नेपाल बंगलादेश बैंक : ७८.५० प्रतिशत
बैंक अफ काठमाण्डू : ७८.५१ प्रतिशत
सानिमा बैंक : ७८.५८ प्रतिशत
कुमारी बैंक : ७८.५९ प्रतिशत
ग्लोबल आईएमई बैंक : ७८.७६ प्रतिशत
नविल बैंक : ७८.८५ प्रतिशत
सिद्धार्थ बैंक : ७८.९१ प्रतिशत
मेगा बैंक : ७८.९१ प्रतिशत
हिमालयन बैंक : ७९.०१ प्रतिशत
सनराइज बैंक : ७९.७३ प्रतिशत
जनता बैंक : ७९.७४ प्रतिशत
सेञ्चुरी कमर्सियल बैंक : ७९.७९ प्रतिशत

Leave a Reply

Your email address will not be published. Required fields are marked *