May 19th, 2019

लक्ष्मी लघुवित्तका २८ कर्मचारीले पाए वित्तीय साक्षरतासम्बन्धी तालिम

बैंकिङ खबर । लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा स्थापित लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले १४ बटा शाखाका २८ जना कर्मचारीहरुलाई वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरेको छ । तालिम जेष्ठ २ देखि ४ गतेसम्म ३ दिन झापाको विर्तामोडमा सञ्चालन भएको थियो ।

लघुवित्तमा कर्जा, बचतको अतिरिक्त ग्राहकहरु माझ वित्तीय साक्षरताको आवश्यकतालाई मध्यनजर गर्दै यस संस्थाका कर्मचारीहरु मार्फत ग्राहकहरुलाई वित्तीय चेतना अभिवृद्धि गर्ने उद्धेश्यले कर्मचारीहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको थियो ।

संस्थाले बैशाख मसान्त २०७६ सम्ममा ५१ वटा जिल्लामा ६६ शाखा संजाल बिस्तार गरि ग्रामीण, पिछडिएको, बैकिङ्ग पहुँचबाट टाढा रहेका समुदायलाई लक्षित गर्दै ७७ हजार ग्राहक वर्गलाई लघुवित्त कार्यक्रममा समेटेको छ । संस्थाले आफ्नो सदस्यहरुबाट १ अर्व २१ करोड निक्षेप संकलन गरेको छ भने ३ अर्ब ५१ करोड लगानीमा रहिरहेको कर्जा रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]