May 19th, 2019

कालिका लघुवित्तको केन्द्र प्रमुख गोष्ठी : सदस्यमैत्री कार्यक्रम ल्याउने अध्यक्षको प्रतिवद्धता

बैंकिङ खबर । स्याङ्जा वालिङमा प्रधान कार्यालय रहेको राष्ट्रिय स्तरको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले कास्कीको पोखरा स्थित दुई वटा शाखा कार्यालयका केन्द्रका प्रमुखहरुको गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । पामे शाखा कार्यालयका ५० वटा केन्द्रका शाखा प्रमुख तथा उप प्रमुखहरुको उपस्थितीमा र बुद्धचोक शाखा कार्यालयका ९७ केन्द्र प्रमुखहरुको उपस्थितीमा छुट्टाछुट्टै गोष्ठी सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि सुर्या लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले घुवित्त वित्तीय संस्थाहरुले दुरदराजमा रहेका पछि परेका मानिसहरुसम्म वित्तीय पहुँच पुर्याएको र गरिवी निवारणमा अहम् भुमिका खेलेको बताए ।

संस्थाका सञ्चालक समिति अध्यक्ष कृष्ण खाँणले धेरै नयाँ कार्यक्रमहरु ल्याइएको र सदस्यहरुको सुझाव सल्लाह अनुसार नै सदस्य मैत्री तरिकाले आगामी दिनहरुमा योजना बनाउँदै लैजाने बताए ।

संस्थाका सञ्चालक विश्वराज नेपालले सदस्यहरुको आय, क्षमता र सीप बृद्धिका कार्यक्रमहरुलाई प्राथमिकता दिने बताए ।

कार्यक्रमका सभाध्यक्ष केन्द्र नं. १७ चन्द्रमा कालिका महिला विकास केन्द्रका प्रमुख यामकुमारी सुनारले कालिकाले धेरैको आर्थिक स्तर वृद्धिमा उल्लेख्य सहयोग पुर्याएको र अहिले धेरै संस्थाहरु भएकोले सदस्यहरुमा वित्तीय अनुशासन हराउँदै गएको हुँदा संस्था अलि चनाखो हुनुपर्ने बताए ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले लघुवित्तको मर्मर धर्म अनुसारले कार्यक्रमहरु अगाडि बढाउँदै लैजाने बताए ।

कार्यक्रममा सहभागिहरुले वित्तीय कारोवार गरिरहँदा भएका समस्याहरुको बारेमा छलफल गरेका थिए ।

कार्यक्रममा उत्कृष्ट केन्द्रहरुलाई नगद र प्रमाणपत्र सहित पुरस्कृत गरिनुका साथै अनुशासित सदस्यहरुलाई प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।

पामे शाखाका केन्द्रप्रमुखहरुको गोष्ठीमा कालिका लघुवित्त वित्तीय संस्था र सुर्या लाइफ इन्स्योरेन्स बिचमा सदस्यहरुको बीमा गर्न गराउन बैंकास्योरेन्सको सम्झौता पनि भएको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]