May 17th, 2019

वोमी माइक्रोफाइनान्सले दियो चुरा बनाउने तालिम, ५२ जना लाभान्वित

बैंकिङ खबर । वोमी लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय ओदारी, कपिलवस्तु र भलवारी, रुपन्देहीले दुई दिने चुरा बनाउने तालिम कार्यक्रम सम्पन्न गरेको छ । कपिलवस्त ुजिल्लाको ओदारी शाखा कार्यालयले आफ्नो कार्यक्षेत्रका २० जना र रुपन्देही जिल्लाको भलवारी शाखाले ३२ जना लाई शिपमुलक चुरा बनाउने तालिम प्रदान गरेको हो ।

उक्त तालिमका प्रशिक्षक ज्वाला आचार्य, शुशिला पराजुली र ममता चौधरीले प्रशिक्षार्थीहरुलाई चुरा बनाउने तरिका, उक्त चुरा बनाउँदा आवश्यक सामान पाईने स्थान तथा सो को गुणस्तर बारेमा प्रशिक्षण दिए ।
उक्त तालिम कार्यक्रममा शाखाका शाखा प्रमुखले सहभागीहरुले आफुले सिकेको शिप लाई व्यवसायमा परिणत गरी व्यवसायी भए मात्र संस्थाको उद्देश्य पूरा हुने बताए ।

यस वित्तीय संस्थाले देशभरका ३४ जिल्लाहरुमा ४७ वटा शाखाकार्यालयहरु मार्फत ३१ हजार सदस्यहरुमा उठाउन बाँकिकर्जा रु १ अर्व ७३ करोड र रु ६१ करोड ९० लाख रुपयाँ बचत परिचालन गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]