May 17th, 2019

एनआईसी एशिया ऋणपत्रको विक्री प्रबन्धकमा सानिमा क्यापिटल

बैंकिङ खबर । एनआईसी एशिया बैंक लिमिटेडले “एनआईसी एशिया ऋणपत्र २०८३/८४” निष्काशनका लागि सानिमा क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ ।

बैंकले रु.१,००० अंकित दरका ४४,००,००० कित्ताले हुन आउने ४ अर्ब ४० करोड रुपैयाँ बराबरको सात वर्षको अवधिमा परिपक्व हुने वार्षिक व्याजदर १०.२५ प्रतिशत भएको ऋण पत्र निष्काशन गर्दैछ । रु.४अर्ब ४० करोड बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत (२ अर्ब ६४ करोड) व्यक्तिगत र ४० प्रतिशत (१ अर्ब७६ करोड) सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात निष्काशन तथा बिक्री खुल्ला गरिनेछ । प्रस्तावित ऋणपत्र १०.२५ प्रतिशत बार्षिक व्याज दरले अर्धवार्षिक रुपमा व्याज भुक्तानी गर्ने गरी ७ वर्ष अवधिको लागि निष्काशन गर्न लागिएकोे हो ।

बैंकले मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत् करिब १६ लाख ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]