May 16th, 2019

जेठ १३ देखि इन्फिनिटी लघुवित्तको आईपिओ, न्यूनतम १० कित्ताका लागि आवेदन दिन पाइने

बैंकिङ खबर । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आईपीओ जेठ १३ गतेदेखि विक्री खुला हुने भएको छ । कम्पनीले ६ लाख ७४ हजार कित्ता आईपीओ विक्री खुला गर्न लागेको हो ।

कुल शेयरमध्ये, १० हजार ३ सय ७० कित्ता कम्पनीका कर्मचारीको लागि, ३३ हजार ७ सय कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ६ लाख २९ हजार ९ सय ३० कित्ता सर्वसाधारणको लागि छुट्याईएको छ ।आवेदकले यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ३ हजार ३ सय ७० कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासन बन्द मिति छिटोमा जेठ १६ र ढिलोमा असार १० गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदकले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले जारी गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत पक्ष औसतभन्दा तल रहेको देखाउँछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

हाल कम्पनीको चुक्तापूँजी १४ करोड रुपैयाँ रहेको छ । आईपीओ निष्कासन बाँडफाँट पश्चात पूँजी २० करोड ७४ लाख रुपैयाँ पुग्नेछ । कम्पनीले हाल सम्ममा ४२ ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]