बैंकिङ खबर । नेशनल माइक्रोफाइनान्स वितीय संस्थाको मसुरीया शाखाले समुहमा आवद्ध सदस्यहरुलाई २ दिने सिपमुलक व्यवसायिक च्याउखेती तालिम प्रदान गरेको छ । महिला कृषकहरुको ज्ञान, सिप र क्षमता अभिबृद्धि गर्दै व्यवसायको विस्तार एवम् आय—आर्जनमा सुधार र वृद्धिका उक्त तालिम प्रदान गरिएको संस्थाले जनाएको छ ।
नेशनल माइक्रोफाइनान्स शाखा कार्यालय मसुरीयामा आवद्ध गौरीगंगा न.पा.का विभिन्न वडाका महिला सदस्यहरु जम्मा ३४ जनालाई २ दिनसम्म व्यवसायिक च्याउखेती गर्न चाहिने अधारभुत सिप, तरिका, बजारीकरणको साथै विविध बिषयहरुमा सहभागीहरुलाई प्रशिक्षण गराइएको थियो ।