May 16th, 2019

नेपाल बंगलादेश बैंकको ऋणपत्र खुल्दै, जेठ १० गतेदेखि आवेदन दिन पाइने

बैंकिङ खबर । नेपाल बंगलादेश बैंकले ‘१०.२५ प्रतिशत एनबीबीएल डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी गर्ने भएको छ । बैंकले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको छ । जसमा ८ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन पाउने छन् भने १२ लाख इकाई बैंकले अन्य संघसंस्थालाई बिक्री जनाएको छ ।उक्त ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सकिने छ ।

वार्षिक १०.२५ प्रतिशत ब्याज पाइने ऋणपत्रको अवधि १० वर्षको रहेको छ । उक्त ऋणपत्रमा आवेदन दिनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्साल, नेपाल बंगलादेश बैंक र सि आश्वा सदस्य लिएका सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।

उक्त ऋणपत्रमा जेठ १० गतेदेखि छिटोमा १४ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा नबिकेको खण्डमा असार ८ गतेसम्म आवेदन दिने सकिने बताइएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]