Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

सेवाग्राहीको सशक्तिकरणका लागि मिर्मिरे लघुवित्तद्धारा गोष्ठी सम्पन्न

२०७६ जेष्ठ २ गते

बैंकिङ खबर । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले रुकुमको चौरजहरीमा केन्द्र प्रमुख गोष्ठी तथा सेवाग्राही सशक्तिकरण कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रीय प्रबन्धक लोमश भट्टराईको प्रमुख आतिथ्यता एवम् क्षेत्रीय प्रमुख बेद प्रसाद आचार्य र अनुगमन अधिकृत शुसिल कुमार बुढाको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

क्षेत्रीय कार्यालय प्रमुख बेद प्रसाद आचार्यले सदस्यले उठाएको गुनासोलाई संम्बोधन गर्दै आउँदा दिनमा मिर्मिरे लघुवित्त अझ बढि सेवामुखी हुने बताए । उनले महिला उद्यमशीलतालाई प्रथमिकतामा राखेर अगाडी बढ्ने प्रतिवद्धता जनाए ।

केन्द्र प्रमुखको काम कर्तव्य र जिम्मेवारी प्रष्ट पार्दै अनुगमन अधिकृत शुसिल कुमार बुढाले कर्जा सदुपगोगिता गरी व्यवसायिक उन्नती गर्नुपर्ने मन्तव्य राखे ।

प्रमुख अतिथि लोमश भट्टराईले सेवाग्राहीको गुनासो मध्य नजर गर्दै आउँदा दिनहरुमा वित्तीय संस्थाले प्रभावकारी र दीगो लघुवित्तीय सेवा प्रदान गरी लक्षित वर्गलाई सेवा दिने बताए ।

गोष्ठीमा समापन मन्तव्य राख्दै सभापति बाल कुमारी विष्टले समग्रमा मिर्मिरे लघुवित्तले प्रदान गरिरहेको लघुवित्तीय सेवा उत्कृष्ट रहेको बताउँदै आउँदा दिनहरुमा समेत व्यवसायिक शीपमूलक तालिम र चेतनामूलक कार्यक्रमको आयोजना गरी वित्तीय संस्थाको उत्कृष्ट सेवालाई निरन्तरता दिई कायम राख्न आग्रह गरिन् ।

Ad