May 15th, 2019

स्वदेशी लघुवित्तद्धारा जनचेतनामूलक कार्यक्रम सम्पन्न

बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्था लि. इटहरीले ट्राफिक प्रहरीको समन्बयनमा कोशी सेन्ट जेम्स् कलेज, इटहरीमा अद्ययनरत १५० जना बि.बि.एस दोस्रो वर्षका विद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा विद्यार्थीहरुलाई लघुवित्त संस्थाले प्रदान गर्ने सेवा सुविधाको बारेमा ज्ञान साथै डि.यस.पी बेद प्रसाद गौतमले विद्यार्थीलाई ट्राफिक नियम, यसको आवश्यकता किन पर्छ, किन पालना गर्ने, ट्राफिक नियम उलधंन गर्दा हुने कानुनी कार्वाही आदिको बारेमा छलफलका साथै भिडियो प्रर्दशनी मार्फत जानकारी गराए ।

कार्यक्रममा बोल्दै क्याम्पसका क्याम्पस प्रमुखले यसता कार्यक्रमहरुले विद्यार्थीलाई सचेत गराई महत्वपुर्ण ज्ञान प्रदान गर्न मदत पुर्याएको र यस्ता कार्यक्रम आगामी दिनमा निरन्तर गर्न आवश्यकता भएको र स्वदेशी लघुवित्तले तथा ट्राफिक अफिसलाई धन्यवाद दिदै कार्यक्रम आयोजना गरेकोमा आफु खुशी रहेको बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]