May 15th, 2019

महोत्तरीको रामगोपालपुरमा नेशनल माइक्रोफाइनान्सको शाखा विस्तार

बैंकिङ खबर । नेशनल माइक्रोफाइनान्स वित्तिय संस्थाले महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकाको वडा न.६ रामगोपालपुर बजारमा नयाँ शाखा विस्तार गरेको छ । रामगोपालपुर नगरपालिकाको मेयर अशोक कुमार मंडल र प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।

२०७१ आषाढ १८ गतेदेखि संचालनमा आएको राष्ट्रिय स्तरको यस माइक्रोफाइनान्सले हिमाल, पहाड र तराईका गरी ५० वटा शाखा कार्यालयहरु मार्फत देशका सातै वटा प्रदेशका ३७ वटा जिल्लाका ७५ हजारभन्दा वढी विपन्न परिवारलाई सेवा दिइरहेको छ । हालसम्म संस्थाको लगानीमा रहेको कर्जा तीन अर्ब ४८ करोड रुपैयाँ र बचत एक अर्ब १५ करोड रुपैयाँभन्दा वढी सदस्यहरुबाट संकलन गर्न सफल भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]