May 14th, 2019

स्वदेशी लघुवित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्था इटहरी द्धारा जनतामा.वी, इटहरीमा अद्ययनरत ७० जना १० कक्षाका विद्यार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी तजनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

उक्तकार्यक्रममा विद्यार्थीहरुलाई लघुवित्त संस्थाले प्रदानगर्ने सेवा सुविधाको साथै वित्तीय साक्षरता भनेको के होे?यसको आवश्यकता र महत्व, नोटको जतन , पैसालाई कसरी सदुपयोगगर्ने ,आम्दानी ,खर्च, बचत,कर्जा, बैंकको प्रकार ,बिमा, विप्रेषण सेवा, बजेट, वित्तीय अनुशासन आदिको बारेमा छलफल गर्नुको साथै भिडियो प्रर्दशनी मार्फत जानकारी गराईएको थियो ।

उक्त कार्यक्रमले विद्यार्थीहरुलाई वित्तीय ज्ञान प्राप्तभई आफ्नो समुदायमाके कस्तो भुमिका निर्वाह गरी समुदायका मानिसहरुलाई कसरी वित्तिय चेतनाको विकास गराउन सकिन्छ भन्ने विषयमा सहभागीहरुलाई ज्ञान हासिल गराइएको थियो ।

कार्यक्रममा बोल्दै स्कुलका प्रध्यानाधापकले यस्ता कार्यक्रमहरुले विद्यार्थीलाई सचेत गराई महत्वपुर्ण ज्ञान प्रदानगर्न मदत पु¥याएको र यस्ता कार्यक्रम आगामि दिनमा निरन्तर गर्न आवश्कता भएको र स्वदेशी लघुवित्तले लाई विशेष धन्यवाद दिदै कार्यक्रम आयोजना गरेकोमा आफु खुशी रहेको भनाई व्यक्त गरे ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]