शेयर बजार दोहोरो अंकले बढ्यो, अर्बमाथिको कारोबार

बैंकिङ खबर । मङगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१२ अंकले बढेर १,३१५,४५ अंकमा कायम भएको छ । ट्रेडिङ बाहेक सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह १ सय ४५ अंकले बढेको छ ।

दिनभरिमा १ सय ७० वटा कम्पनीको ३१ लाख ६६ हजार ४ सय ६७ कित्ता शेयर ९ हजार ९ सय १९ पटक खरिदविक्री हुँदा १ अर्ब ३ करोड ७२ लाख ५८ हजार ७ सय २९ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल बैंकको १० करोडको कारोबार भएको छ ।

त्यसैगरी शिवम् सिमेन्टको ८ करोडमाथिको कारोबार भएको छ । कषि विकास बै.कको ७ करोडको कारोबार भएको छ भने एनसीसी बैंकको ५ करोडभन्दा बढीको कारोबार भएको छ । प्राइम कमर्सियल बैंकको ४ करोड, अपर तामाकोशी हाइड्रेपावरको ३ करोड, एनएमबि बैंक, जनता बैंक, प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको २ करोडमाथिको कारोबार भएको छ ।

राष्ट्रिय बीमा कम्पनीका शेयरधनीले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् भने सुर्योदय लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै ७ प्रतिशतका दरले गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *