वोमी लघुवित्तद्धारा पशुपालन तालिम सम्पन्न

बैंकिङ खबर । वोमी लघुवित्त वित्तीय संस्थाले बिभिन्न स्थानहरुमा तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालीका वडा नं ४ स्थित तामाघाटमा ४३ जना, काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालीका वडा नं १ स्थित अनैकोटमा ५९ जना र धादिङ्ग जिल्लाको थाक्रे गाँउपालीका वडा नं ४ स्थित तसर्पुमा ३७ जनालाई तालिम दिएको हो ।

उक्त ३ दिनको अबधीमा १ सय १९ जना सदस्य तथा स्थानीयलाई पशुपालन सम्बन्धी तालिम प्रदान गरेको छ । सदस्य तथा स्थानीहरुले संस्थाको कार्यक्रम सम्बन्धमा राखेको जिज्ञासा तथा प्रतिउत्तर दिने अन्तरक्रियात्मक कार्यक्रम समेत गरिएको थियो ।

कार्यक्रम काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नं. १ का वडा अध्यक्ष अष्ट बहादुर तामाङ तथा धादिङ्ग जिल्लाको थाक्रे गाँउपालीका वडा नं ४ का वडा अध्यक्ष गणेशमान वाइबाको आतिथ्यमा सम्पन्न भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा उक्त शाखा कार्यालयका शाखा प्रमुखहरु मदन मोम्जन र शर्मिला वि.क. तथा एरीया प्रमुख बिमल कोइरालाले सम्बोधन गर्नु भएको थियो । साथै उक्त कार्यक्रममा उत्कृष्ट समुहलाई पुरस्कृत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *