May 14th, 2019

कालिका लघुवित्तद्धारा पाल्पाको रामपुरमा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

बैंकिङ खबर । कालिका लघुवित्त वित्तीय संस्थाले केन्द्र प्रमुखहरुको गोष्ठी कार्यक्रम अभियान पाल्पाको रामपुरमा गरेको छ ।संस्थाको रामपुर शाखामा आवद्ध रहेका १ सय ३० वटा केन्द्रका प्रमुख तथा उप प्रमुखहरुको गोष्ठी कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागिहरुले रामपुर व्यवसायिक एवं कृषिको लागि नमुनाको ठाउँ भएकोले सदस्यहरुको सीप, क्षमता र आय बृद्धि हुने किसिमका तालिमहरु आवश्यक रहेको बताए ।

संस्थाका सञ्चालक समिति अध्यक्ष कृष्णकाजी के.सीको प्रमुख आतिथ्यता एवं केन्द्र नं. १ सय १५ का प्रमुख संगिता श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा सहभागिहरुले उठाएका जिज्ञासा तथा गुनासा, सुझावहरुमा योजना तथा अनुगमन विभाग प्रमुख याम प्रसाद अर्याल र कर्जा तथा जोखिम व्यवस्थापन विभाग प्रमुख राजेश श्रेष्ठले सहजिकरण गरेका थिए ।

कार्यक्रम संस्थाका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहरालेसदस्यहरुलाई तालिम, सीप र क्षमता अभिबृद्धि हुने किसिमका कार्यक्रमहरु संस्थाले ल्याउन लागेको र नेपाल राष्ट्र बैंकले निर्देशन गरेको दलित, एकल महिला, जेष्ठ नागरिक, सिमान्तकृत समुदाय अन्तरगतका सदस्यहरुलाई व्याज सहुलियत दिइंदै आएको बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]