May 14th, 2019

ग्रामीण विकास लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बैंकिङ खबर । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय पाल्पाको आयोजनामा केन्द्र प्रमुख तथा सदस्यहरूका लागि एक दिने वित्तीय साक्षरता तथा छलफल गोष्ठीे पाल्पाको तानसेनमा सम्पन्न भएको छ ।

उक्त वित्तीय साक्षरता तथा छलफल गोष्ठीेमा सहभागिहरूलाई प्रशिक्षण दिँदै क्षेत्रीय कार्यालय बुटवलका क्षेत्रीय प्रबन्धक किरण काफ्लेले संस्थाको कर्जा तथा बचत कार्यक्रम, वित्तीय अनुशासन, केन्द्र प्रमुखको काम कर्तव्य अधिकार, संस्थाले सञ्चालन गरेको ग्राहक संरक्षण कोष उपयोग विधि एवं कर्जा सदुपयोगिताको महत्व र कर्जा दुरुपयोग गर्दा पर्न जाने असरका सम्बन्धमा विस्तृत प्रकाश पारेका थिए । उनले सदस्यहरूको आर्थिक सामाजिक र वौद्धिक क्षमता अभिबृद्धिका लागि संस्थाले विभिन्न सीपमुलक तालिम, अवलोकन भ्रमण, गोष्ठी लगायतका कार्यक्रलाई प्राथमिकतामा राखेर आगामी योजनाहरू सञ्चालन गर्दै जाने बताए ।

उक्त वित्तीय साक्षरता तथा छलफल गोष्ठीेमा सहभागि सदस्यहरूलाई संस्थाले सञ्चालनमा ल्याएको म्यादी जीवन बीमा कार्यक्रमका सम्बन्धमा समेत जानकारी गराइएको थियो ।

केन्द्र प्रमुख गोमा गैरेकोले ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले महिलाहरूलाई प्रभावकारी रूपमा लघुवित्त सेवा पु-याइरहेको हु“दा वजारमा लघुवित्त संस्था धेरै भएको अवस्थामा होसियार भएर नया“ सदस्यहरूलाई केन्द्रमा आवद्ध गराउनु पर्ने बिचार व्यक्त गर्दै जीवनको अन्तिम अवस्था सम्म पनि आफूले यस संस्थाले प्रदान गर्ने लघुवित्त कार्यक्रममा आवद्ध रहने प्रतिवद्धता व्यक्त गरे ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]