Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मेरो माइक्रोफाइनान्सद्धारा ब्यावसायिक कृषि तालिम सम्पन्न

२०७६ बैशाख २९ गते

बैंकिङ खबर । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ब्यावसायिक कृषिको माध्यमद्धारा ग्रामीण महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्धेश्यले ३ दिने बेमौसमी तालिम सम्पन्न गरेको छ । तालिमा ४० जनाको सहभागीता रहेको थियो । तालिमको प्रशिक्षण दुप्चेश्वर गाउँपालिकाका कृषि प्राबिधिक निशा कटवालले गरेका थिए ।

कार्यक्रममा बोल्दै बट्टार अनुगमन कार्यालयका अनुगमन अधिकृत सरोज पण्डितले ग्रामिण अर्थतन्त्रको मेरुदण्ड र समृद्धिको आधार कृषि रहेकोले तालिमबाट सिकेका कुराहरुलाई ब्यावसायिक रुपमा लैजान र मनग्य लाभ लिन आग्रह गरे ।

त्यस्तै, तरकारी खेतिले नै ग्रामिण भेगका महिलाहरुको जिवस्तरमा परिवर्तन ल्याउनुका साथै समयको सदुपयोग हुनुका साथै बेरोजगारी समस्या समेत केही न्यून रहने बताए ।

तालिममा सहभागी कृषक सिता खनालले तरकारी खेती गर्जो टार्ने हिसाबले उत्पादन गर्दा बढी भएको अवस्थामा मात्र बिक्री गर्ने गरिएको बताए ।

उक्त तालिमबाट कृषकहरुले खेती गर्ने नया पद्यती, प्राबिधि र बिउ, विजन, बिषादी लगाएत बजारको समेत जानकारी हासिल गर्न पाएकोमा फाइनान्सप्रति आभारी हुदै उक्त तालिमले कृषक महिलाहरुको आर्थिक अवस्थामा परिवर्तन आउने पनि बताए ।

Ad