Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

आशा लघुवित्तको बार्षिक योजना तर्जुमा तथा जोखिम व्यवस्थापन तालिम सम्पन्न

२०७६ बैशाख २९ गते

बैंकिङ खबर । आशा लघुवित्त वित्तीय संस्थाले आ.ब. ०७६/०७७ को बजेट योजना तर्जुमा गोष्ठी तथा शाखा प्रबन्धकहरुकोक्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुइदिने जोखिम व्यवस्थापन तालिम सम्पन्न गरेको छ । प्रदेश नं. १, २ र ३ संचालित २२ वटा शाखा कार्यालयहरुमा कार्यरत २२ जना शाखा प्रबन्धक र २०७६ बैशाख २६ र २७ गते प्रदेश नं. ४, ५, ६ र ७ नम्बर प्रदेशहरुमा संचालित २३ वटा शाखा कार्यालयहरुमा कार्यरत २३ जना गरी जम्मा ४५ जना शाखा प्रबन्धकहरुको सहभागीता रहेको थियो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले उद्घाटन गरेको कार्यक्रममा गोष्ठीको उद्देश्यबारे प्रकाश पार्दै यस प्रकारका कार्यक्रमहरुले शाखा प्रबन्धकहरुको कार्यक्षमता अभिवृद्धि हुनुका साथै मनोबल उच्च रहने विश्वास व्यक्त गरे ।

कार्यक्रममा आशा लघुवित्त वित्तीय संस्थाका विभागीय प्रमुखहरु रबिन खतिवडा, दिपेन्द्र खनाल तथा कमल खत्रीले संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा आन्तरिक व्यवस्थापन सम्बन्धमा प्रस्तुति दिए। कार्यक्रममा अनुगमन अधिकृतहरु सुजित खतिवडा, बिजय यादव, सुशिल पौडेल तथा हरीशंकर कुमार

मिश्रले कर्जा विश्लेषण, सदुपयोगिता निरीक्षण, कर्जा जोखिम व्यवस्थापन, पहिचान तथा समाधानका उपायहरु सम्बन्धमा प्रशिक्षण दिए । साथै उक्त कार्यक्रममा उत्प्रेरणा तथा सकारात्मक सोचको बिकास सम्बन्धमा बिनिता कार्कीले तथा योगा र ध्यान सम्बन्धी भुवन कुमार भट्टले प्रशिक्षण दिए ।

हालसम्म संस्थाले २८ वटा जिल्लाहरुका ४५ शाखा कार्यालयहरु मार्फत करीब ४४ हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करीब १ अर्ब ७० करोड कर्जालगानीमा रहेको तथा सदस्यहरुबाट ४२ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।

Ad