May 12th, 2019

शेयर बजार सामान्य अंकले बढ्यो, ८४ करोडमाथिको कारोबार

बैंकिङ खबर । आज आइतबार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ३.०७ अंकले बढेर १,२९५.०३ अंकमा कायम भएको छ । होटल फाइनान्स, निर्जीवन बीमा समुह र उत्पादनमुलक बाहेक सबै उपसुचक घटेका छन् ।

दिनभरिमा १ सय ७१ वटा कम्पनीको २६ लाख ७० हजार १ सय ४० कित्ता शेयर ८ हजार ३८ पटक खरिदविक्री हुँदा ८४ करोड ८१ लाख ३९ हजार ३ सय २६ रुपैयाँको कारोबार भएको छ । सानिमा बैंक प्रोमोटर शेयरको १६ करोड रुपैयाभन्दा बढीको कारोबार भएको छ ।

त्यसैगरी सगरमाथा इन्स्योरेन्स, शिवम् सिमेन्ट, प्रीमियर इन्स्योरेन्सको ६ करोडभन्दा बढीको कारोबार भएको छ । ओरेन्टल होटल, नेपाल बैंक, सूर्या लाइफ इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र एनएआईसी एशिया बैंकको २ करोडमाथिको कारोबार भएको छ ।

सबैभन्दा धेरै शिवम् सिमेन्ट र प्रिमियर इन्स्योरेन्सका शेयरधनीले ९ प्रतिशतका दरले कमाएका छन् भने सूर्योदय लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै ७ प्रतिशतका दरले गुमाएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]